एकादेशमा एक दिन को कुरा हो। सथीहरुलाई म आज आज बाघभैरवको कथा सुनाउँछु।साथी हो ! ।म आज पनि बाघको मूर्ति बनाउँछु । तिमीहरूले मेरा भेडा पनि ...
एकादेशमा एक दिन को कुरा हो। सथीहरुलाई म आज आज बाघभैरवको कथा सुनाउँछु।साथी हो ! ।म आज पनि बाघको मूर्ति बनाउँछु । तिमीहरूले मेरा भेडा पनि हेरुदेआे है। ज्ञानबिले भने। हुन्छ, हुन्छ । हिजोको भन्दा ठुलो, राम्रो बनाऊ है। गोठाले साथीहरूले भने। ज्ञानबिले दिनभरि नै बाघको मूर्ति बनाइरहे ।मूर्ति कहिले सानो भयो कहिले बाघको मुख मिलेन। कहिले आँखा ठुला भए । यसरी नमिलेका कुराहरु मिलाउँदै गए । अन्त्यमा चाहे जस्ताे मुर्ति बनाएरै छाडे।आहा ! मुर्ति त दुरुस्तै बाघ जस्तै पो भयो! तर मुखमा जिब्रोचाहिँ खोइ त ?पुतलीले सोधिन्।" अँ हेर न । यो कालो माटाको जिब्रो बनाउनै नमिल्ने। पातको बनाउनु पर्ने भयो । सबै जना मिलेर पात खोजेर त ल्याए। तर कुनै पनि पातबाट जिब्रो बनेन । भएन हो ! जिब्रो बनाउन मिल्ने पात यो वनमा छैन कि क्या हो? ज्ञानबिले सबैको मुखमा हेर्दै सोधे । कुन्नि त ! हामीले यहाँ भएका सबै बोटका पात ल्याएकै हाैँ क्यारे ! पुतलिले भनिन्।जाउ सबै पल्लो जङ्गलमा । त्यहाँ त कसो नभेटिएला ज्ञानबिले भने। यति वेला भइसक्यो ! त्यसमाथि भेडालाई कसको जिम्मा लगाएर जानु ? पुतलिरले सोधिन । यही बाघको जिम्मा लगाएर जाने नि ।ए बाघ ! हाम्रा भेडाहरु हेरिराख है । ज्ञानबिले भने। सबै गोठालाहरू पात खोज्न पल्लो जङ्गलमा गए ज्ञानबिलाई देखाउँदै मिल्ने पात छान्न थाले अन्त्यमा जिब्रो बनाउन मिल्ने केहि पात लिएर फर्के। साथी हो लाै न के भयो ? त्यतिका भेडामा एउटा पनि छैन ।कता गए सबै भेडा ? कुनै पनि भेडा नदेखेपछि पुतली आत्तिदै सोधिन्। "यतै कतै चर्दै होलान् ।जाआै खोज्न ।ज्ञानबिलाई भने । सबैले पुरै वन चहारे । तर एउटा पनि भेडा फेला परेन।उ हेर त । यो बाघको मुखमा रगत जस्तो रातो देखिन्छ। काहीँ यसले हाम्रो भेडा त खाएन? बाघको मुर्तितिर हेर्दै गरेकी पुतलीले सोधिन्। सबैले मुर्तिको नजिकै गएर हेरे ।" ए! हो त ! यसको नजिकै हाड पनि छ ।" पुतलिले भनिन्। ए बाघ तिमीलाई भेडा हेर्न भनेको होइन ? तिमिले नै हाम्रो भेडा खान हुन्छ त? अब तिम्रो मुखमा जिब्रो हालिदैन । तिमी सधैँ आँ गरेरै बस। ज्ञानबिले रिसाउँदै भने । अँध्यारो हुन लागिसकाले उनीहरूका आमाबा पनि खोज्दै आए ।बाल गोठालाहरूले रुँदै सबै कुरा बताए । माटोको मुर्तिले भेडा कसरी खायो ? सबै छक्क परे। पख ,म तन्त्रविधिले हेर्छु यसमा केही रहस्य छ कि ? तान्त्रिक बैद्यले भने ।आँख चिम्ली उनी ध्यानदृष्टिले हेर्न थाले । लाै यो मुर्तिमा महादेवको वास रहेछ । महादेवलाई भोक लागेछ ।उनले भैरवको रूप लिएछन् र यस मुर्तिमा छिरेछन् ।अनि सबै भेडा खाएछन्। बैद्यले भने। हो हो पक्कै हो । त्यस्तो नभई मुर्तिले भेडा कसरी खान सक्छ र? त्यसैले अहिले यस मुर्तिलाई मन्दिरमा राखाैँ। पछि छुट्टै मन्दिर बनाएर सधैँ पुजा गराैँ । महादेवले नै रक्षा गरेको गाउँमा कुनै अनिष्ट हुने कुरै भएन कसो ? गाउँको मुखियाले भने। सबैले मुखियाको कुरामा सहि थापे । त्यही साल सबै मिलेर मन्दिर बनाए। त्यति बेलादेखि नै यसको जात्रा पनि निकाल्न थाले ।उति बेलादेखि नै यो मुर्ति कीर्तिपुरमा रहेको छ। यसको मुख त्यसरी नै आँ गरेको अवस्थामा छ । भ्रमण गर्न किर्तिपुर पुगेका हामी कथा सुनेर छक्क पर्यौ। धेरै साथीहरुको मुख बाघभैरवको मुर्ति जस्तै 'आँ को आँ नै भयो।बाघभैरवको कथा साथी हो ! ।म आज पनि बाघको मूर्ति बनाउँछु । तिमीहरूले मेरा भेडा पनि हेरुदेआे है। ज्ञानबिले भने। हुन्छ, हुन्छ । हिजोको भन्दा ठुलो, राम्रो बनाऊ है। गोठाले साथीहरूले भने। ज्ञानबिले दिनभरि नै बाघको मूर्ति बनाइरहे ।मूर्ति कहिले सानो भयो कहिले बाघको मुख मिलेन। कहिले आँखा ठुला भए । यसरी नमिलेका कुराहरु मिलाउँदै गए । अन्त्यमा चाहे जस्ताे मुर्ति बनाएरै छाडे।आहा ! मुर्ति त दुरुस्तै बाघ जस्तै पो भयो! तर मुखमा जिब्रोचाहिँ खोइ त ?पुतलीले सोधिन्।" अँ हेर न । यो कालो माटाको जिब्रो बनाउनै नमिल्ने। पातको बनाउनु पर्ने भयो । सबै जना मिलेर पात खोजेर त ल्याए। तर कुनै पनि पातबाट जिब्रो बनेन । भएन हो ! जिब्रो बनाउन मिल्ने पात यो वनमा छैन कि क्या हो? ज्ञानबिले सबैको मुखमा हेर्दै सोधे । कुन्नि त ! हामीले यहाँ भएका सबै बोटका पात ल्याएकै हाैँ क्यारे ! पुतलिले भनिन्।जाउ सबै पल्लो जङ्गलमा । त्यहाँ त कसो नभेटिएला ज्ञानबिले भने। यति वेला भइसक्यो ! त्यसमाथि भेडालाई कसको जिम्मा लगाएर जानु ? पुतलिरले सोधिन । यही बाघको जिम्मा लगाएर जाने नि ।ए बाघ ! हाम्रा भेडाहरु हेरिराख है । ज्ञानबिले भने। सबै गोठालाहरू पात खोज्न पल्लो जङ्गलमा गए ज्ञानबिलाई देखाउँदै मिल्ने पात छान्न थाले अन्त्यमा जिब्रो बनाउन मिल्ने केहि पात लिएर फर्के। साथी हो लाै न के भयो ? त्यतिका भेडामा एउटा पनि छैन ।कता गए सबै भेडा ? कुनै पनि भेडा नदेखेपछि पुतली आत्तिदै सोधिन्। "यतै कतै चर्दै होलान् ।जाआै खोज्न ।ज्ञानबिलाई भने । सबैले पुरै वन चहारे । तर एउटा पनि भेडा फेला परेन।उ हेर त । यो बाघको मुखमा रगत जस्तो रातो देखिन्छ। काहीँ यसले हाम्रो भेडा त खाएन? बाघको मुर्तितिर हेर्दै गरेकी पुतलीले सोधिन्। सबैले मुर्तिको नजिकै गएर हेरे ।" ए! हो त ! यसको नजिकै हाड पनि छ ।" पुतलिले भनिन्। ए बाघ तिमीलाई भेडा हेर्न भनेको होइन ? तिमिले नै हाम्रो भेडा खान हुन्छ त? अब तिम्रो मुखमा जिब्रो हालिदैन । तिमी सधैँ आँ गरेरै बस। ज्ञानबिले रिसाउँदै भने । अँध्यारो हुन लागिसकाले उनीहरूका आमाबा पनि खोज्दै आए ।बाल गोठालाहरूले रुँदै सबै कुरा बताए । माटोको मुर्तिले भेडा कसरी खायो ? सबै छक्क परे। पख ,म तन्त्रविधिले हेर्छु यसमा केही रहस्य छ कि ? तान्त्रिक बैद्यले भने ।आँख चिम्ली उनी ध्यानदृष्टिले हेर्न थाले । लाै यो मुर्तिमा महादेवको वास रहेछ । महादेवलाई भोक लागेछ ।उनले भैरवको रूप लिएछन् र यस मुर्तिमा छिरेछन् ।अनि सबै भेडा खाएछन्। बैद्यले भने। हो हो पक्कै हो । त्यस्तो नभई मुर्तिले भेडा कसरी खान सक्छ र? त्यसैले अहिले यस मुर्तिलाई मन्दिरमा राखाैँ। पछि छुट्टै मन्दिर बनाएर सधैँ पुजा गराैँ । महादेवले नै रक्षा गरेको गाउँमा कुनै अनिष्ट हुने कुरै भएन कसो ? गाउँको मुखियाले भने। सबैले मुखियाको कुरामा सहि थापे । त्यही साल सबै मिलेर मन्दिर बनाए। त्यति बेलादेखि नै यसको जात्रा पनि निकाल्न थाले ।उति बेलादेखि नै यो मुर्ति कीर्तिपुरमा रहेको छ। यसको मुख त्यसरी नै आँ गरेको अवस्थामा छ । भ्रमण गर्न किर्तिपुर पुगेका हामी कथा सुनेर छक्क पर्यौ। धेरै साथीहरुको मुख बाघभैरवको मुर्ति जस्तै 'आँ को आँ नै भयो।
Copyright © 2025 - Ekadesh Ko Katha. All Rights Reserved.