एकादेशमा एउटा राज्य थियोे। त्यो रज्यमा एकजना राज्कुमर बस्द्थे। राजकुमार निकै उद्घण्ड र घमन्डी थिए। उनी आफु भन्दा ठुलाको अपमान गर्न निकै रमाईलो ...
एकादेशमा एउटा राज्य थियोे। त्यो रज्यमा एकजना राज्कुमर बस्द्थे। राजकुमार निकै उद्घण्ड र घमन्डी थिए। उनी आफु भन्दा ठुलाको अपमान गर्न निकै रमाईलो मान्थे। राजकुमारको यस्तो बानिले सबैलाई चिन्तित पारेको थियो। राजकुमारको उपध्रो देखि सबै हैरान भएका थिए। राजा स्व्यम पनि राजकुमारको चालचलन देखि जनताको सामु लज्जित थिए।उनी राजकुमारको दुर्व्यवहार बाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने उपाय सोची रहन्थे राजकुमारमा चाला सुध्रने छाँट पनि देखिएन राजालाई यही कुराको चिन्ताले सतायो। राजाको चिन्ताको कारण बुद्धको कानमा पर्यो। राजालाई पिर परेको ठानी बुद्धले उनलाई डाक्न पठाए । राजाले पनि बुद्धलाई भेटी राजकुमारको सबै वृतान्त सुनाए ।उनी राजकुमारको दुर्व्यवहार बारे सुन्न नपरोस भन्ने चाहन्थे। राजाले बुद्ध सँग विन्ती गरे "यो समस्या कसरी समाधान होला।मत सारै चिन्तित भइसकेँ। बुद्धले सान्त्वना दिदै भने दुखि नहाै राजकुमार अवश्य पनि सुध्रीन्छन। बरु उसलाई म कहाँ पठाउ राजा खुशी हुँदै दरबारतिर फर्किए ।उनले राजकुमारलाई बुद्धले दिएको सन्देश पनि सुनाए । बुद्धको सन्देश भनेपछि राजकुमारले स्विकार गरे। भोलिपल्ट नै राजकुमार बुद्धका अघाडी उभिए बुद्धले पनि निमको बिरुवाहरुका केही पात टिपेर ल्याउ भनी उनलाई आदेश दिए। उनले पनि तुरुन्तै पातहरू टिपेर ल्याए ।त्यसपछि बुद्धले भने " राजकुमार तिमी त ज्यादै आज्ञकारी रहेछैा। अब तिमिले ल्याएका पातहरू चपाउत" राजकुमारले पातहरू मुखमा हालेर पात चपाउन थाले । एकै छिन पछि उनले मुख बिगारे उनले पात हरु चपाउन नसकी थुकी दिए । राजकुमारलाई निमका पातहरूको स्वाद थाहै थिएन । त्यसैले गर्दा उनी एक छिन रन्थनिए । उनलाई बेस्सरी रिस उठ्यो ।उनले आफ्नो रिस नियन्त्रण गर्न नसकी सबै निमको बिरुवा उखेलेर फ्याँक्न थाले। आफुले देखे जति सबै निमका बिरुवा उखेलेर बुद्धका सामु उभिए। बुद्धले राजकुमार सँग सोधे " तिमिले किन सबै निमको बिरुवा उखेलेर फ्याँकेको ? " राजकुमारले जवाफ दिए " सुन्नुहोस सानै छँदा त यस बिरुवाको पात यति तितो छ ठुलो भएपछि यसमा विष फल्ने होकि त्यसैले अहिले उखेलेर फ्याँकेको हु। राजकुमार को उत्तर सुनेपछि बुद्धले भने, राजकुमार तिमी पनि अहिले निमका यी बिरुवा जस्तै साना छाै । तिमी मानिसहरु सँग तितो मन नपर्ने व्यावहार गर्छाैं ।यदि मानिसहरुले तिमीले बिरुवा लाई गरे जस्तै व्यावहार गरे त्यसको परिणाम के होला ? भन त" यी कुरा सुनेपछि राजकुमार छाँगाबाट खसे जस्तै भए। उनलाई आफुले ज्यादै नराम्रो काम गरेको रहेछु भन्ने लाग्यो । उनलाई भुलको पछुतो भयो पछि उनको बानी ब्यहोरा असल हुदै गयो । पछि उनि सबै मानिसहरुको मन जित्न पनि सफल भए।
Copyright © 2025 - Ekadesh Ko Katha. All Rights Reserved.