Dilbahadur Ko Katha/दिल्बहादुर को कथा

  • Author : N/A
  • Vocal : Shanti Raut
  • Genre : Dante Katha
Season 1 | Episode 1

दिल्बहादुर को कथा

दिलबहादुर आफ्नो झोपडीमा रमाएरै बसेको थियो।| लेखमा उसको थोरै बाढी थियो।| त्यही बारीमा मकै कोदो आँधी लगाउँथ्यो र जेनतेन आफ्नो जीविका ...

दिलबहादुर आफ्नो झुपडीमा रमाएरै बसेको थियो। लेकमा उसको थोरै बाढी थियो। त्यही बारीमा मकै कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउथ्यो। उज्यालो भएपछि बारीमा जान्थ्यो र अध्यारो भएपछि फर्कन्थ्यो। एक दिन दिलबहादुर मकै छर्न आफ्नो बारीतिर लाग्यो। उसँग खाजाका लागि कोदाको रोटी थियो। दिउँसोतिर ऊ खाजा खान एउटा रुखको छायामा बस्यो| उसले रोटीको पोको फुकायो र एक ढिको नुन र एक ढिँडी खोर्सानी पनि झिक्यो। एउटा रोटीलाई सात टुक्रा पार्यो। रोटीका टुक्राहरू गन्दै भन्न थाल्यो। एक ठाउँ दुई ठाउँ तीन खाउँ चार खाउँ पाँच खाउ छ खाउ कि सातै ओटै खाउँ। सम्योग्ले ऊ बसेको रुखमुनि ठूलो ओडार रहेछ। त्यहाँ राक्षस आफ्ना सातवटा बच्चाहरूसँग बस्दो रहेछ। दिलबहादुरले सातैवटा खाउँ भनेको सुनेर राक्षस डरायो र भन्न थाल्यो नखामनुखे नखा| मेरा बालकहरू नखा तलाई म खिरपाक ताउली दिउँला। यति भन्दै राक्षसले दिलबहादुरलाई खिरपाक ताउली दियो खिरपाक ताउलि लिएर दिलबहादुर आफ्नो घर फर्कियो। उसकी फुपुको घरमा आएकी रहेछिन्। फुपु अलि छुच्ची र लोभी स्वभावकी थिइन्। गतिलो सामान देख्यो कि माइतबाट लुकाएर आफ्नो घरतिर पुर्‍याउँथिन्| बेलुकी पख दिलबहादुरले खिर पाक ताउली परीक्षा गर्ने विचार गर्‍यो। आफू अगाडि ताउली राखेर खिर पाक ताउली भन्यो साँच्ची नै ताउलीमा खिर पाक्यो यो देखेर फुपु छक्क परिन्। उनले राति दिलबहादुर सुतेपछि त्यहाँ ताउली जस्तै अर्को भाडो राखिदिए र सकली ताउली लुकाइन। अर्को दिन सधैँझैँ बिहानी पख दिलबहादुर रोटीको पोको बोकी आफ्नो बारीतिर लाग्यो।| खाजा खाने बेलामा त्यही रुखमुनी बसेर रोटीको पोको फुकायो पहिले जस्तै रोटीको टुक्रा गन्दै भन्न थाल्यो एक ठाउँ दुई खाउ तिन खाउ चार खाउँ पाँच खाउँ छ खाउ कि सातवटै खाउँ। यो सुनी ओडारबाट राक्षस आत्तिएर बाहिर आई डराउँदै भन्न थाल्यो नखामनु के नखा तलाई म सुन बड्कौली बाख्री दिन्छु दिलबहादुरले बाख्री पायो। ऊ बाख्री डोर्याउँदै घरतिर लाग्यो| आफू घर पुगेपछि फुपूलाई बाख्री देखाउँदै भन्यो हेर्नु फुपू यो सुन बट्कौली बाख्री हो । सुन बट्कौली बाख्री भनेपछि सुनका बट्केलाहरु निकाल्छ। दिलबहादुरले बाख्रीलाई अगाडि ल्याएर। सुन भटकौली बाख्री सुन बट्कौली बाख्री भन्यो नभन्दै बाख्रीले सुनै सुनको बड्क्यौला पार्यो।| फुपू चाहिँ मनमनै सुन बटकौली बाख्री पनि हात पार्नु पर्यो भनि जाल रच्न थालिन्।| उनले राति दिलबहादुर सुतेपछि बाख्री साटिदिन र आफ्नो घर लगिन्। अर्को दिन पनि दिलबहादुर रोटीको पोको बोकेर बाडीतिर लाग्यो।| उसले पहिले जस्तै रुखमुनि बसी रोटीका टुक्रा गन्दै भन्न थाल्यो।| एक खाउ दुई खाउ तिन घाउ चार खाउँ पाँच खाउ छ खाउँ कि सातै ओटै खाउँ । यसपटक त राक्षस झनै कहालिएर बाहिर आयो र हात जोडी भन्न थाल्यो। नखा मनुखे नखा यसपटक म तँलाई डाङडुङ लौरी दिउँला।| यस लौरीले जसलाई भन्यो त्यसलाई पिटेर कायल पार्छ। दिलबहादुरले हुन्छ भन्दै लौरी लियो। बेलुकी भात खाइसकेपछि दिलबहादुर सुत्यो। फुपू चाहिँ यसपटक पनि दिलबहादुरले केही न केही पक्कै ल्याएको हुनुपर्छ भने सुस्तरी कोठाभित्र पसिन्। कोठामा राम्रो लौडी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानिन्। उनले चोर्ने मनसायले सुस्तरी लौडी झिकिन्। एक्कासी दिलबहादुर बिउँज्यो अध्यारामा चोरले लौरी चोर्न लागेछ क्यारे भन्ने ठानी उसले बजा लौरी डाङडुङ भन्यो। लौरीले फुपूलाई चुट्न थाल्यो। फुपु कायल भइन् उनले पहिले चोरेको खिरपाक ताउली र सुन बोटकोले बाख्री फिर्ता दिन मन्जुरी गरिन् फुफुले सक्कली माल चोरेको थाहा पाएर दिलबहादुर छक्क पर्‍यो। उसले लौरीलाई नपिट भन्ने आज्ञा दियो। फुपूबाट सक्कली माल फिर्ता लिएर दिलबहादुर अब भने आनन्दसँग बस्यो।

Related Story