Dui Sathi Ra Bhalu Ko Katha / दुई साथी र भालू को कथा

  • Author : N/A
  • Vocal : Saroj Aeyal
  • Genre : Dante Katha
Season 1 | Episode 1

दुई साथी र भालू को कथा

एकादेशमा एक दिनको कुरा हो, दुई जना मिल्ने साथी हरि र श्याम जंगल तिर घुम्न गए। तर दुबै जना जंगली जनावर देखि असाध्यै डराउँथे उनीहरूले...

Season 1 | Episode 2

दुई साथी र भालू को कथा

एकादेशमा एक दिनको कुरा हो, दुई जना मिल्ने साथी हरि र श्याम जंगल तिर घुम्न गए। तर दुबै जना जंगली जनावर देखि असाध्यै डराउँथे उनीहरूले...

एकादेशमा एक दिनको कुरा हो, दुई जना मिल्ने साथी हरि र श्याम जंगल तिर घुम्न गए। तर दुबै जना जंगली जनावर देखि असाध्यै डराउँथे उनीहरूले एकले अर्कालाई भने यदि कुनै जंगली जनावरहरूले झम्टिए भन्ने एकले अर्कालाई बचाउनु पर्छ। दुवै जना कुराकानी गर्दै घना जंगल भित्र पसे घना जंगलको बिचमा पुगे पछि दुवैले कहिले नसुनेको स्याइ सुइ गरेको अनौठो आवज सुने दुवैले डरायर एकले अर्कालाई हेरे ठिक तेसै बेला जंगल बाट एउटा ठुलो कालो भालु निस्कियो भालु लमक लमक गर्दै उनीहरूकै अगाडि आइरहेको थियो। डरले दुबै जना एकदमै डराए हरिले भन्यो जाउ जाउ रुख माथि चड्उ तर श्याम लाई रुख चड्न आउदैन थियो। श्यामले भन्यो मलाई रुख चड्न आउदैन तिम्रो सहयोग चाहिन्छ रुख चड्न। साथीको कुरा नै नसुनी हरि रुखमा चड्यो। साथीले जति बोलाउदा पनि हरिले टेर पुछुर लगाएन। भालु झन झन नजिक पुग्न लागिसक्यो श्याम लाई के गरू के गरू भयो। उसले छिटो छिटो सोच्यो उसको बा आमाले भनेको कुरा याद गर्या ।जंगली जनावर‌ अगाडि आयो भने सास रोकेर मरेको जस्तो गरी पल्टियाे भने जनावरले हमला गर्दैन। तेसैले श्याम मरेको मान्छे जस्तै गरि अलिबेर सास राखेर त्यहि भुइमा लडयो। भालु उसको नजिक आयो अनि उसलाई सुगेर मरेको मान्छे सम्झेर सरा सर आफ्नो बाटो लाग्यो। रुख माथि चडेको हरिले यो सब हेरेर बसेको थियो। भालु जाने वित्तिकै हरि रुख बाट तल झर्‍यो र श्यामले सोध्यो र ए साथी भालुले तेरो कानमा के के फुस गरेर गएको । श्यामले जवाफ दियो भालुले भन्यो जो साथीले मर्का परेको बेला साथ छोड्छ तेस्तो साथी लाई कहिल्यै विश्वास नगर त्यस्तो मान्छे साथी बन्न लायक छैन ।

Related Story