Hawa Ra Gham Ko Katha/हावा र घाम को कथा

  • Author : N/A
  • Vocal : Shanti Raut
  • Genre : Dante Katha
Season 1 | Episode 1

हावा र घाम को कथा

एकादेशमा जाडो याम को बेला थियो। एउटा मान्छे बाक्लो न्यनो लुगा लगाएर बाटोमा हिँडिरहेको थियो। त्यहीबेला हावा र घामको बीच को ठूलो

एकादेशमा जाडो याम को बेला थियो। एउटा मान्छे बाक्लो न्यनो लुगा लगाएर बाटोमा हिँडिरहेको थियो। त्यहीबेला हावा र घामको बीच को ठूलो भन्ने बारे विवाद सुरु भयो। हावाले आफूलाई ठूलो भन्थ्यो त घामले आफूलाई ठूलो भन्थ्यो। आफूहरू बीच को ठूलो पत्ता लगाउनका लागि एउटा प्रतियोगिता राखे। उनीहरूले त्यो बाक्लो लुगा लगाएर हिँडिरहेको मान्छेलाई देखे। र जसले त्यो हिडिरहेको मान्छेको लुगा फुकाल्न सक्छ उही नै ठूलो मानिनेछ भनेर निर्णय गरे। पहिले हावाले पालो पायो उसले चिसो हावा जोडले चलायो। मान्छेलाई झन धेरै जाडो हुन थाल्यो। ओहो कस्तो जाडो भन्दै उसले लुगाहरूलाई झन् मज्जाले च्यापेर हिँड्न थाल्यो। अब घामको पालो आयो। घामले आफ्नो ताप चर्को पार्‍यो | घामले गर्दा मान्छेलाई गर्मी हुन थाल्यो| ओहो कस्तो गर्मी भएको भन्दै उसले लुगाहरू फुकाल्यो। यसरी हेर्दा घामले जित्यो। अनि फेरि हावाले चिसो हावा जोडले चलायो। फेरि मानिसले लुगा लगाउन थाल्यो। त्यसपछि घाम र हावा दुवैले विचार गरे। हामी दुवै जनाले मिलेर काम गर्नुपर्छ। हामी दुवैको आवश्यकता छ। त्यसैले हामी दुवै बीच कोही ठूलो र सानो छैन। यसरी हावा र घामको घमण्ड तोडियो र उनीहरू मिलेर आ-आफ्ना काम गर्न थाले।

Related Story