Kaag Ra Sarpa Ko Katha / काग र सर्प को कथा

  • Author : N/A
  • Vocal : Shanti Raut
  • Genre : Dante Katha
Season 1 | Episode 1

काग र सर्प को कथा

एकादेशमा एउटा नदीको किनारमा एउटा ठूलो रुख थियो।| त्यो रूखमा गुड बनाएर एकजोडी काग बस्ने गर्थे।| उनीहरूका साना बचेराहरु...

Season 1 | Episode 2

काग र सर्प को कथा

एकादेशमा एउटा नदीको किनारमा एउटा ठूलो रुख थियो।| त्यो रूखमा गुड बनाएर एकजोडी काग बस्ने गर्थे।| उनीहरूका साना बचेराहरु...

एकादेशमा एउटा नदीको किनारमा एउटा ठूलो रुख थियो।| त्यो रूखमा गुड बनाएर एकजोडी काग बस्ने गर्थे।| उनीहरूका साना बचेराहरु पनि थिए।| त्यो रूखको एउटा प्वालमा एउटा सर्प पनि बस्ने गर्थ्यो।| निकै दिनदेखि सर्पले कागका बच्चाहरूलाई खाने विचार गरिरहेको थियो।| एकदिन कागहरु बाहिर गएको बेलामा सर्पले उनिहरुका ३ वटै बच्चाहरुलाई खाइदियो| आफ्ना बच्चालाई सर्पले खाएको थाहा पाएर पनि काग र कागिनीले केही गर्न सकेनन्| किनकि सर्प उनीहरुभन्दा निकै बलवान थियो।| काग र कागिनी निकै दुःखी भएर एकदिन उनीहरूको साथी स्याललाई भेटे र सर्पले आफ्ना बच्चाहरु खाइदिएको कुरा सुनाए|स्यल निकै चलख थियो। उसले सर्पलाई तह लगाउनका लागि काग र कागिनीलाई खुसुक्क एउटा उपाय बतायो।| स्यालको कुरा सुनेर दुवैजना खुसी भए। एकदिन त्यो नदीमा एउटी राजकुमारी आफ्ना साथी र अङ्ग रक्षकहरु सहित नुहाउन आइन्। नदीमा पस्ने बेलामा उनीले आफ्नो सुन को सिक्री पनि निकालेर किनारको एउटा ढुङ्गामा राखिन्| यो सबै कुरा काग र कागिनले रुखबाट हेरिरहेका थिए।| यत्तिकैमा मौका पारेर उनीहरुले राजकुमारीको सिक्री लिएर उडे।| कागहरुले सिक्री लिएर उडेपछि राजकुमारीका अङ्ग रक्षकहरू कागहरु लाई पछ्याउँदै लखेट्न थाले| कागहरुले चलाखीपूर्वक त्यो सिक्री लाई त्यो दुष्ट सर्पको प्वालमा खसाल्दियो।| अङ्गरक्षकहरू त्यो प्वालमा पुगेर हेर्दा त्यो प्वालभित्र| सर्पलाई देखे| अनि त्यो सर्पलाई लठ्ठीले हान्न थाले।| त्यसपछि त्यो सर्व निक्लेर त्यहाँबाट| कहिले नफर्किने गरी भाग्यो| अनि अङ्गरक्षकहरू खुशी हुदै सुनको सिक्री लिएर फर्के।| सबै कुरा रुखमा बसेर कागिनीहरुले हेरिरहेका थिए।| उनीहरू दुष्टसर्प त्यहाँबाट भागेर गएको देखेर| निकै खुसी भए|

Related Story