एकादेशमा एउटा जङ्गलको रूखमा एउटा कुखुरा बस्थ्यो।| ऊ मोटो र तन्दरुस्त थियो।| त्यही जङ्गलमा एउटा बाठो स्याल पनि बस्थ्यो।| ऊ हरेक दिन ...
एकादेशमा एउटा जङ्गलको रूखमा एउटा कुखुरा बस्थ्यो।| ऊ मोटो र तन्दरुस्त थियो।| त्यही जङ्गलमा एउटा बाठो स्याल पनि बस्थ्यो।| ऊ हरेक दिन ...
एकादेशमा एउटा जङ्गलको रूखमा एउटा कुखुरा बस्थ्यो।| ऊ मोटो र तन्दरुस्त थियो।| त्यही जङ्गलमा एउटा बाठो स्याल पनि बस्थ्यो।| ऊ हरेक दिन त्यो कुखुरालाई हेरेर मनमनै सोच्ने गर्थ्यो।| ओहो यो कुखुरा कति मोटो र तन्दरुस्त छ। यसको स्वाद कस्तो मिठो होला| यसलाई म के गरी खाउँ| त्यो कुखुरालाई खाने स्यालको चाहना दिनप्रतिदिन बढ्दै गइरहेको थियो।| तर त्यो कुखुरा सधैँ रुखको हाँगामा नै बसिरहन्थ्यो।| र स्यालको हात कहिल्यै पर्दैनथ्यो। धेरै विचार गरेपछि स्याललाई लाग्यो कि त्यो कुखुरा त्यति सजिलै हात लाग्नेवाला छैन।एकदिन स्यालले कुखुरालाई समात्ने एउटा जुक्ति सोच्यो। ऊ त्यो रुखको छेउमा गएर भन्न थाल्यो , ए कुखुरा भाइ तिम्रा लागि एउटा खुसीको खबर छ। कुखुराले सोध्यो कस्तो खुसीको खबर? स्यालले जवाफ दियो जङ्गलका राजा र सबैजनावरहरूले मिलेर अब सबै लडाईहरू समाप्त गर्ने र मिलेर बस्ने निर्णय गरेका छन्| आज देखि कुनै पनि जनावरले एकअर्कालाई दुःख दिने छैनन्, न त मारेर नै खानेछन्| स्यालहरूले पनि अब कुखुरा खाने छैनन्| त्यसैले तिमीले मसँग डराउनु पर्दैन| तल आउ एकअर्कालाई अँगालो हालेर बधाई दिउँ। कुखुरा धेरै बुद्धिमान थियो। उसलाई स्यालको चलाकी बुझ्न धेरै समय लागेन| कुखुराले मुस्कुराउँदै स्यालतिर हेर्यो र भन्यो| अरे वा स्याल दाई यो त धेरै राम्रो खबर हो।तर तपाईँ पहिला त्यी आफ्ना साथीहरूलाई अँगालो हालेर बधाई त दिनुहोस्।| जो यतैतिर दौडेर आइरहेका छन्| स्यालले आतिँदै सोध्यो ह! को आउँदैछ? म त कसैलाई देखिरहेकै छुईन| अनि कुखुराले जवाफ दियो। अरे दाई त्यही सिकारी कुकुरहरू क्या, म त तिनीहरूलाई यो रूखबाट सजिलै देखिरहेको छु।उनीहरू पनि अब हाम्रा साथी नै भइसकेका छन्।| सायद त्यसैले बधाई दिन आएका होलान्| शिकारी कुकुरको नाम सुनेपछि| स्याल डरले काप्न थाल्यो| उसलाई लाग्यो कि ऊ अब यहाँ एकैछिन बस्यो भने कुखुरा उसको शिकार होला नहोला ऊ चाहिँ सिकारी कुकुरको सिकार अवश्य बन्नेछ| यही सोचेर उसले भाग्नलाई पाइला अगाडि बढायो।| भाग्दै गरेको स्याललाई देखेर कुखुराले भन्यो अरे स्याल दाई किन तिनीहरूसँग डराउनु भएको अब त हामी सबै एकअर्काका साथी भइसकेका छौ नि हैन र? अनि स्यालले भाग्दै जवाफ दियो। हो, हो, हामी सबै साथी भइसकेका छौं तर शिकारी कुकुरहरूलाई अझै पनि यो कुरा थाहा छैन। यति भन्दै स्याल शिकारी कुकुरको डरले त्यहाँबाट भाग्छ।| कुखुराले आफ्नो चतुराई| सतर्कता र बुद्धिमत्ता को प्रयोग गरेर आफूलाई स्याल को ज्यालमा फस्नबाट बचाउँछ|
Copyright © 2025 - Ekadesh Ko Katha. All Rights Reserved.