एकादेशमा वैशाखको महिना थियो। पुरनले बारीमा मकै र भटमास छरेको थियो। पुरनको बारीमा एक ठाउँ अलि चिसो थियो। चिसो ठाँउमा परेको एउटा मकैको दाना चाँडै नै उम्रियो । त्यसरी नै एउटा ...
एकादेशमा वैशाखको महिना थियो। पुरनले बारीमा मकै र भटमास छरेको थियो। पुरनको बारीमा एक ठाउँ अलि चिसो थियो। चिसो ठाँउमा परेको एउटा मकैको दाना चाँडै नै उम्रियो । त्यसरी नै एउटा भटमासको दाना पनि उम्रियो। ती दुबै जना अरुभन्दा केहि ठुला भए । पहिले उम्रेको मकैको बोटले आफ्नो साथीहरूलाई हेर्यो ।अरु मकैहरु भर्खर भर्खर टुसाउन लागेका थिए। आफु चाँडै ठूलो भएकाले त्यसलाई खुसी लाग्याे। खुसीले त्यो मात्तियाे । अरु बिरुवाहरूलाई त्यसले हेप्न थाल्यो। त्यो खुसीले करायो । अहो मत कति चाँडै ठुलो भँए। कति राम्रो छु। म सबै भन्दा अग्लो छु हा हा । मकैका बिरुवाको त्यो कुराे भटमासकाे बिरुवाले पछाडिबाट सुनिरहेको थियो। मकैको बिरुवाले आफु मात्र राम्रो भनेकोले भटमासको विरुवालाई मन परेन। त्यसैले त्यो पनि करायो । ए यो त आफै राम्रो छु भन्छ ।त , के राम्रो ? राम्री त म पाे छु। यो सुनेर मकै झसङ्ग भयो । उसले यसो पछाडि फर्केर हेर्यो। आफ्नो पछाडि उसले भटमासको बिरुवा देख्यो। भटमासको विरुवा पनि त्यो जत्रै अग्लो थियो। त्यो देखेर मकैको बिरुवालाई सारै रिस उठेयो। उसले भटमासको विरुवा लाई गाली गर्दै भन्यो ।त जस्ती काली पनि काही राम्री हन्छन ? काहाँकी डल्ली थप्पड दिउँला नि अहिले उचालेर पछारि दिउला नि त डल्ली लाई भटमास विरुवाले आफु लाई गाली गरेको सुन्यो । त्यो पनि रिसले आगो भयो। अनि त्यसले पनि चर्को स्वरमा भन्यो । ल छोवत मलाई अर्को लाई त्यसै गाली गर्न पाइन्छ । त आफु खुब राम्रो छु भन्छस एक झापट दिन्छु अनि थाहा पाउलास। मकैले पनि झन ठूलो स्वरले भन्यो। त डल्ली त होस् नि डल्लीलाई डल्ली भने त।। भटमासका बिरुवाले पनि नडराई भन्यो "त पनि त चेप्टे होस नि चेप्टेलाई चेप्टे भने त। आफु मात्रै कस्तो छु भन्ठानेको छस। मकै चिच्यायो तँ त काली हाडीजस्ती। भटमास पनि चिच्यायो तँ पहेँलपित्ते,अेाइलाएको सागजस्तो। मकै झन चिच्यायो " तँ हाँडीमा भुट्नुपर्ने जातकी। भटमास पनि ठूलो स्वरले करायो "तँ पनि भुट्नुपर्ने जातको । मकैका बिरुवाले गिज्याउदै भन्यो " तँलाई मान्छेले धेरै खाए भन्ने पेट दुख्छ। तँ बैगुनी होस्। मकैका बिरुवाले यसो भन्दा भटमासको विरुवालाई धेरै रिस उठयो। उसले चिच्याउँदै भन्यो " भुट्टदा फुलेनस भने तँ ठेट्ना होस।यी दुईका बाझाबाझ अरु बिरुवाले पनि सुने। मकैका बिरुवाले भटमासका बिरुवालाई गाली गर्दा मकैका बिरुवा खुसी हुन्थे।भटमासकाे बिरुवाले मकैका बिरुवालाई गाली गर्दा भटमासका बिरुवा खुसी हुन्थे।तिनीहरू थपडी मार्थे। मकै र भटमास भनाभन गर्दै थिए। एउटा लोखर्केले तिनीहरूको हल्ला सुन्यो । लोखर्केलाई भन्यो " लौ भन त लोखर्के, हामी दुईमा को ठूलो? लोखर्केले ती दुबैलाई सम्झाउँदै भन्यो " हेर तिमीहरु दुबै ठूला छैा। मानिसहरू तिमी दुबैलाई उत्तिकै मन पराउँछन्। भटमासले मान्छेको शरीरमा वृद्धि गर्छ। मकैले मान्छेलाई शत्ति दिन्छ। त्यसैले तिमी दुबै ठूला छैा। बाझाबाझ नगर । लोखर्केको यस्तो कुरा सुनेपछि मकै र भटमास दुबै मिलेर बसे।
Copyright © 2024 - Ekadesh Ko Katha. All Rights Reserved.