एकादेशमा मायाको पाठोको नाम चुल्बुले थियो।माया चुल्बुलेलाई धेरै माया गर्थिन ।चुल्बुले चाहि भनेकै मान्दैनन् थियो।उ चक्चक गर्थ्यो उ कहिले पिडीमा कहिले ...
एकादेशमा मायाको पाठोको नाम चुल्बुले थियो।माया चुल्बुलेलाई धेरै माया गर्थिन ।चुल्बुले चाहि भनेकै मान्दैनन् थियो।उ चक्चक गर्थ्यो उ कहिले पिडीमा कहिले आगनमा हिड्थ्यो।माया विद्यालयबाट फर्किदा उ पर सम्म लिन जान्थो। मायाको एउटा कुकुर पनि थियो। उसको नाम पाङ्ग्रे थियो। पाङ्ग्रे पनि चल्बुलेलाई धेरै माया गर्थो। चुल्बुलेलाई अरुले चलाए भने पाङ्ग्रे रिसाई हाल्थ्यो। माया विद्यालय जादा चुल्बुलेलाई घरमै छोड्थिन।तर पाङ्ग्रे चुल्बुले संगै हुन्थय। विद्यालय जादा मायाले सधैँ भन्थिन्।चुल्बुले साच्चै चुल्बुले छ , भनेको मान्दैनन् उसलाई एक्लै नछोडनु, उसलाई कतै जान्न नदिनु, उसको राम्रो संग हेरचाह गर्नु।एक दिन माया विद्यालय गएकी थिइन्। पाङ्ग्रेको आखा छलेएर चुल्बुले भागेयो।तेति नै बेला स्यालले चुल्बुलेलाई च्याप्प समातेयो । आज बल्ला मेरा फेला परिस अब तलाई खान्छु। पाङ्ग्रेले देख्यो।अनि पाङ्ग्रे पनि स्याल लाई लखेट्टन थाल्यो। तर स्यालले मुखमा च्यापेर बन तिर लाग्यौ। पाङ्ग्रे भने अर्कै बाटो हुदै गएयको थियो। स्याल पाङ्ग्रेलाई देखेर डरायो।चुल्बुले लाई तेहि छाेडेर भाग्यो। बेलुकीफख माया विद्यालय बाट घर फर्किन।उनले घरमा चुल्बुले र पाङ्ग्रे लाई देखिन्न । माया उनिहरुलाई खोज्न यता उता गर्न थालिन।चुल्बुले र पाङ्ग्रेले मायालाई देखेय। मायालाई देखेर चुल्बुले करायो अनि पाङ्ग्रे भोक्न थाल्यो।माया पनि उनिहरुलाई देखेर खुसी भइन।तर चुल्बुलेलाई घाइते भएको देखेर माया आतिन।मायाले चुल्बुले लाई हप्काइन अब पनि घर बाट बाहिर भाग्छस।भनेको नमान्दा कति दुख पाइस। भनेको नमानेपछि यस्तै दुख हुन्छ।अनि चुल्बुले र पाङ्ग्रे दुबै लाई घर लगेर गइन। पाङ्ग्रेले चुल्बुले लाई बचाएको देख्दा धेरै खुसी भइन।मायाले पाङ्ग्रे लाई स्याबासी दिइन।त्यस दिन देखि चुल्बुले बाहिर जान्न छोड्यो। अनि दुख पनि पाएन।
Copyright © 2025 - Ekadesh Ko Katha. All Rights Reserved.