Musi Ko Bihe Ko Katha/मुसीको बिहे को कथा

  • Author : N/A
  • Vocal : Shanti Raut
  • Genre : Dante Katha
Season 1 | Episode 1

मुसीको बिहे को कथा

एकादेशमा एउटा जङ्गल थियो। जङ्गल ऋषिको एउटा कुटी थियो। कुटी नजिकै एउटा नदी पनि थियो। ऋषि सधैं नदीमा नुहाउन जान्थे। एक दिनको कुरा ...

एकादेशमा एउटा जङ्गल थियो। जङ्गल ऋषिको एउटा कुटी थियो। कुटी नजिकै एउटा नदी पनि थियो। ऋषि सधैं नदीमा नुहाउन जान्थे। एक दिनको कुरा हो। ऋषि नदीमा नुहाउँदै थिए। त्यसैबेला एउटीमुसी चिलका पन्जाबाट खसी। ऋषिले त्यो मुसीलाई कुटीमा लगे। मुसीलाई उनले छोरी बनाएर पाले। मुसी दिनदिनै बढ्दै गई। उनको बिहे गर्ने बेला पनि भयो।ऋषिले मुसीलाई भने छोरी अब तिम्रो बिहे गर्ने बेला भयो| मेरो विचारमा सूर्यभन्दा ठूला कोही छैनन्। तिमी उनीसँगबिहे गर।मुसीले त्यो कुरालाई अस्वीकार गर्दै भनी अह, म सूर्यसँग बिहे गर्दिन।सूर्यले मलाई पोल्छ।अनि ऋषिले सूर्यसँग गएर सोधे| सूर्य तपाईँभन्दा ठूलो को छ? सूर्यले जवाफ दिए, म भन्दा ठूलो त बादल छ बादलले मलाई छेकिदिन्छ।अनि ऋषि कुटीमा फर्कन्छन् र मुसीलाई सोच्छन् छोरी सूर्यभन्दा ठूला त बादल पो रहेछन् | के तिमी बादलसँग बिहे गर्छौ? मुसीले जवाफ दिए अह, म बादलसँग बिहे गर्दिन बादल त कालो हुन्छ।अनि ऋषिले बादललाई गएर सोधे बादल तपाईंभन्दा ठूलो को छ| बादलले ऋषिलाई जवाफ दियो म भन्दा ठूलो त हावा छ। हावाले मलाई उडाएर लैजान्छ। ऋषिले फेरि मुसीलाई गएर सोधे।छोरी तिमी हावासँग बिहे गर्छौ? बादलभन्दा ठूलो त हावा रहेछन्। मुसीले जवाफ दिइन्| नाई म हावासँग बिहे गर्दिन हावा चिसो हुन्छ। अनि ऋषिले हावासँग गएर सोधे, हावा तपाईंभन्दा ठूलो को छ? हावाले जवाफ दियो। म भन्दा ठूलो त पहाड छ पहाडले मलाई छेकिदिन्छ।अनि ऋषिले फेरि मुसीसँग गएर सोधे।छोरी तिमी पहाडसँग बिहे गर्छौ? मुसीले भनी नाई म पहाडसँग बिहे गर्दिन पहाड डरलाग्दो हुन्छ। अनि ऋषिले पहाडसँग गएर सोधे,पहाड तपाईंभन्दा ठूलो को छ। पहाडले भन्यो म भन्दा ठूलो त मुसा छ। मुसाले मलाई प्वाल पार्छ, मलाई दुब्लो बनाउँछत्यसैले म भन्दा ठूलो मुसा छ। सबैसँग सोध्दा मुसा नै ठूलो देखियो। ऋषिकी छोरी पनि मुसी नै थिइन्। ऋषिले एकछिन विचार गरे।| अनि मुसीलाई गएर सोधे| छोरी के तिमी मुसासँग बिहे गर्छौ? ऋषिका कुरा सुनेर मुसी असाध्यै खुसी भई र हुन्छ म मुसासँगै बिहे गर्छु भनेर जवाफ दिइन।अनि ऋषिले एउटा मुसो खोजेर ल्याए।उनले मुसीको बिहे मुसासँग गरिदिए।

Related Story