Nisha Ko Sapana Ko Katha/निशा को सपना को कथा

  • Author : N/A
  • Vocal : Saroj Aryal
  • Genre : Dante Katha
Season 1 | Episode 1

निशा को सपना को कथा

एकादेशमा निशा नाम गरेकी एक जवान केटि थिइन। उनी  गाउँमा हजुरआमा संग बस्थिन्। निशाले दुध वेचेर  गुजारा गर्ने गर्थिन। उनी संग दुई वटा गाई थिए। उनी हरेक ...

एकादेशमा निशा नाम गरेकी एक जवान केटि थिइन। उनी  गाउँमा हजुरआमा संग बस्थिन्। निशाले दुध वेचेर  गुजारा गर्ने गर्थिन। उनी संग दुई वटा गाई थिए। उनी हरेक दिन गाइको दुध दुन्थिन र टाउकोमा दुधको भाडो लिएर सहर तीर जान्थिन।दिन भरि दुध वेचेर साझ पख मात्र घर फर्किन्थिन। निशाले आफ्नो गाईको राम्रो हेर बिचार गर्थिन, उनले त्यसलाइ राम्रो खाना दिन्थिन र सफा पनि राख्थिन। हजुरआमाले निशालाई माया गर्थिन तर निशा निकै ठुला ठुला सपना देख्थिन। उनी आफु धनी भन्दा धनी भएको सपना‌ देख्थिन,दिउसै देखेको सपनाले उनलाई बेलाबेलामा समस्यामा पार्थ्यो।  धनि हुन मिहिनेत गर्नुपर्छ सपना देखेर मात्रै हुदैन भनेर गितालाइ हजुरआमाले सधै सम्झाउनु हुन्थ्यो । तर निशाले ध्यान दिन्नथिन ,उनले दिउसै देख्ने सपना कहिले पनि रोकिदैन थियो। एक दिन दुध वेच्न घर बाट हिड्नै लाग्दा उनकी हजुर आमाले उनलाई भान्सामा बोलाइन , सुन  नानी आज दुध वेच्न बजारमा जानु पर्दैन। भोलि  मुखियाले आफ्नो छोरिको विवाह  गर्दै छन।यो विवाहमा आस पास गाउँ‌ बाट  सबै महत्वपूर्ण व्यक्ति हरु‌ पनि‌ आउदै छन।  मुखिया लाई धेरै दुध चाइन्छ उनका भान्सेले धेरै किसिमका स्वादिष्ट मिठाई हरु बनाउन छ्न। मुखियाले सबै दुध म किन्छु र बजारमा भन्दा दोब्बर पैसा दिन्छु भनेका छ्न त्यस्कारण  धेरै पैसा कमाउने र छिमेकमा इज्जत पनि कमाउने, यो एउटा ठुलो अवसर हो,  निशाले आफुले दुध लिएर मुखिया कोमा राम्रा कपडा लगाएर  जान्छु  भनिन ! निशाकि हजुराअमाले भन्नुभयो मैले गाउँ प्रमुखलाई बाचा गरेको छु । यदि दुध उनीकाेमा समयमै पुगेन भने दोब्बर पैसा विर्सिय हुन्छ। विवाहामा समेत भाग लिन्न सक्दैनौ।बचन तोडियो भने गाउँ प्रमुखको अगाडि मुख देखाउन पनि‌ लाज मर्दो हुन्छ। चिन्ता नगर्नुस् म यो दुध र भाडाको राम्रो हेरविचार गर्ने छु। हेर्नुस हामी गाउँ प्रमुख भन्दा नि धनी हुने छाै । अनि गाउँ प्रमुखले हामी बाट मात्र दुध किन्नेछन।ओहो याद राख है निशा ,  हावामा महल नबनाउ है , गए हजुर आमा, राम्रो संग जाउ । गाउँको बाटो ससाना ढुङ्गाले भरिएको थियो। निशाले ताजा फुल र काफलको सुगन्ध मन पराउथिन तर उनलाई ‌हिड्न मन लाग्दैन थियो। बाटो कति सुन्दर छ।  तर यो साना साना ढुङ्गाले मेरो खुट्टा विजाई रहेको छ। केहि छैन म छिट्टै सहरमा एउटा ठुलो घर बनाउनेछु। त्यसपछि  मलाई धेरै हिड्नु पर्दैन।म धनी हुने छु धनी मानिस हिड्दैनन । आफ्नोे मन पर्ने गीत गुनगुनाउदै निशा हिडिरहिन। अहो यो भाडो कति भारि  भएको , केहि छैन म मेरो लागि एउटा गाडी किन्ने छु। अनि म आराम मात्र गर्ने छु धनी मानिस  तेहि‌ त गर्छन नि , हिडेको हिडै गरिरहिन् र उनि गाउँको  नजिकै आइपुगीन ।म अब धनी हुनको लागि केहि दिन मात्र बाकी छ। अझ बढी पैसा लाई कसरी खर्च गर्ने? अलि धेरै गाई  किनुकी  ,नाई  मैले दुध दुहुनु पर्छ। फेरि बजारमा लगेर वेच्नु पर्छ ,झन धेरै काम गर्नुपर्छ। बरु म  कुखुरा  किन्छु। सबै मुनाफाले कुखुराहरु किन्ने छु । भोलि विवाह समारोहमा गाउँ प्रमुख सानो  खोर बनाउन मद्दत गर्नुहोस भन्छु। जे भएपनि उहाले मेरै गाइको दुध त खानु हुनेछ नि, तिनका धेरै नोकर चाकरहरु छन होला। म मेरा कुखुराहरु लाई त्यो खाेरमा‌ राख्ने छु अनि कुखुराहरुले थुप्रै अण्डाहरु दिने छन । ति अण्डाहरु कोरलिए पछि झन धेरै कुखुराहरु हुने छन ।म ति कुखुराहरु लाई बढि दाममा वेच्ने छु। म त्यस बाट निकै पैसा कमाउने छु। त्यो पैसाले म एउटा  गाडी किन्ने  छु। म सबै अण्डा कुखुराहरु र दुध त्यसमा राखेर बजारमा वेच्न लाने छु। म धेरै पैसा कमाउने छु।त्यस पछि म नोकर सुसारेहरु पनि राख्ने छु ।म एउटा समृद्ध महिला हुने छु । गाउँ प्रमुख  भन्दा पनि समृद्ध धेरै धनी पुरुषहरु विवाहको लागि हात माग्न आउने छन तर म नाई भन्ने छु।जब निशा पुरुषलाई नाई भन्ने सपना देख्दै थिइन उनले जोडले टाउको हल्लाइन अनि उनको टाउकाको भाडो जोडदार आवाजका साथ जमिनमा खस्यो। दुधको भाडो टुक्रा  टुक्रा भयो। सबै दुध भुइमा छताछुल्ल भयो।अनि गीता त्यहि बसेर रुन थालिन उनले देखेका सपनाहरू उनका कुखुराहरु अण्डाहरु  गाडी सबै सपनाहरू त्यो दुध संगै पोखियो। निशालाइ तनाव भयो हजुरआमा लाई के भनम,  निशाले हजुराआमाले भनेको सम्झिन हावामा महल नबनाउ।

Related Story