एकादेशमा एउटा सुन्दर गाउँ थियो गाउँमा किसानहरु मिलेर बसोबास गर्ने गर्दथे। गाउ जङ्गलको नजिकै भएको हुनाले ...
एकादेशमा एउटा सुन्दर गाउँ थियो गाउँमा किसानहरु मिलेर बसोबास गर्ने गर्दथे। गाउ जङ्गलको नजिकै भएको हुनाले ...
एकादेशमा एउटा सुन्दर गाउँ थियो गाउँमा किसानहरु मिलेर बसोबास गर्ने गर्दथे। गाउ जङ्गलको नजिकै भएको हुनाले कहिलेकाहि जङ्गलि जनावरहरु आएर घरपालुवा जनावर खाइदिइ किसानलाई हैरान कटाउथे । निशा सधै जङ्गलमा बाख्रा चराउन जाने गर्दथिन एकदिनको कुरा हो निशाले बाख्रा चराउदै गर्दा गाउँले तिर हेर्दै बाघ आयो बाघ आयो भनेर चिच्याउन थालिन गाउले हरु हतार हतार निशाको मद्दत गर्न आइपुगे तर बाघ आएको थिएन निशाले गाउलेलाई झुट बोलेर झुक्याएकि थिइन् गाउलेहरु निराश भएर रिसाउदै फर्किए । अर्कोदिन पनि निशाले उसैगरि बाघ आयो बाघ आयो गुहार गुहार भन्दै कराइन गाउलेहरु हतार हतार मद्दत गर्न आइपुगे तर आज पनि बाघ आएको थिएन आज पनि गाउले हरु रिसाउदै फर्किए । अर्को दिन भने जङ्गलमा साच्चैनै बाघ आयो निशा रुदै रुदै उसैगरि चिच्याइन तर गाउलेले आज पनि मजाक गरेको होला भनेर वास्ता गरेनन । निशाले अघिल्लो अघिल्लो दिन मजाक गरेको कारण साच्चै बाघ आएको दिन भने निशाले गुहार पाइनन र निशाको बाख्रा बाघले खाइदियो।
Copyright © 2024 - Ekadesh Ko Katha. All Rights Reserved.