एकादेशमा एउटा जङ्गल थियो।| जङ्गलमा धेरै जीव जनावरहरू बस्दथे।| त्यही जङ्गलमा एउटा सिंह पनि बस्थ्यो।
एकादेशमा एउटा जङ्गल थियो।| जङ्गलमा धेरै जीव जनावरहरू बस्दथे।| त्यही जङ्गलमा एउटा सिंह पनि बस्थ्यो।
एकादेशमा एउटा जङ्गल थियो।| जङ्गलमा धेरै जीव जनावरहरू बस्दथे।| त्यही जङ्गलमा एउटा सिंह पनि बस्थ्यो।| एकदिन सिंह सुतिरहेको थियो।| त्यही बेला एउटा मुसा पनि त्यहाँ आइपुग्यो।| सिंह सुतेको देखेर मुसा सिंहको जिउमाथि चढेर खेल्न थाल्यो| मुसाज्यू माथि उफ्रेको सिंहले थाहा पायो र उ बिउँझियो| उसले मुसालाई च्याप्प समाएर खान खोज्यो।| मुसाले रुँदै बिन्ती गर्यो| सिंह महाराज मलाई नखानुहोस्| मलाई खाएर हजुरको पेट भरिने छैन।| बरु म हजुरलाई कुनै दिन काम लाग्नेछु।| मलाई छाडिदिनुहोस्| सिंहलाई मुसाको कुरा ठिकै लाग्यो र उसले मुसालाई छाडिदियो।| केही दिनपछि सिंह सिकारीको पासोमा पर्यो| जति प्रयास गरेपनि ऊ पासोबाट निस्किन सकेन| सिंह जोडजोडले गर्जिरहेको थियो।| मुसाले उसको आवाज सुन्यो।| र ऊ कुद्दै कुद्दै सिंह भएको ठाउँमा आइपुग्यो।| उसले सिंहलाई पासोमा परेको देख्यो| मुसाले सिंहलाई भन्यो नआत्तिनुहोस् महाराज म हजुरलाई बचाउनेछु।| अनि मुसाले सिंह निस्किन मिल्ने गरी पासोको डोरीहरू काटिदियो र यसरी मुसाले सिंहलाई बचायो।
Copyright © 2025 - Ekadesh Ko Katha. All Rights Reserved.