तिमि मेरो पिठ्युँमा बस भन्यो र स्याललाइ खोला तार्यो अनि उनिहरु दुबै जना खोला तरेर गाउँ पुगे स्यालले कुखुरा भेट्यो र च्याप्प समातेर छिटोछिटो खायो ...
तिमि मेरो पिठ्युँमा बस भन्यो र स्याललाइ खोला तार्यो अनि उनिहरु दुबै जना खोला तरेर गाउँ पुगे स्यालले कुखुरा भेट्यो र च्याप्प समातेर छिटोछिटो खायो ...
एकादेशमा एउटा जङ्गल थियो र त्यो जङ्गलमा उट र स्याल पनि बस्दथे उट र स्याल साथि थिए , एकदिनको कुरा हो उट र स्याल धेरै भोकाएर नजिकैको गाउँमा गै जे पाइन्छ त्यहि चोरेर खाने निधो गरि गाउँ तिर हिडे । बटोमा नदि आयो स्याल नदि तर्न सक्दैनथ्यो स्यालले हतारिदै भन्यो म नदि तर्न सक्दिन कसरि पारि जाने उटले मुस्कुराउदै भन्यो मलाइ पौडिन आउछ म तार्छुनि तिमि मेरो पिठ्युँमा बस भन्यो र स्याललाइ खोला तार्यो अनि उनिहरु दुबै जना खोला तरेर गाउँ पुगे स्यालले कुखुरा भेट्यो र च्याप्प समातेर छिटोछिटो खायो । स्याल छ्ट्टु थियो आफुले खाइसके पछि उटलाइ कुटाइ खुवाउन मेरो त खाइसके पछि गित गाउने बानि छ भनेर ठुलो ठुलो स्वरले गित गाउन थाल्यो , उटले भने घास खाइसकेको थिएन त्यसैले उसले स्याललाइ एकैछिन हल्ला नगरन म खादैछु भन्यो तर स्यालले मान्दै नमानि हल्ला गरिरह्यो । स्यालको आबाज सुनेर खेत को मालिक आयो बाठो स्याल भाग्यो तर उट भने भाग्न सकेन र धेरै कुटाइ खायो उट निरास भयो । फेरि जङ्गल जानि बेला बाटोमा नदि आयो र नदिमा उटले स्याललाइ बोकेर नदि तर्न लाग्यो र बीचमा पुगेर साथि खाइसके पछि पानीमा नाच्ने बानि छ मेरो भन्दै उफ्रिन थाल्यो स्यालको सातो गयो र उटलाइ त्यस्तो नगर्न भन्यो र आफुले अघि गल्ति गरेर कुटाइ खुवाएकोमा गल्ति स्विकार्दै माफि माग्यो र उट्ले पनि माफि दिइ खोला तार्यो र त्यसदिन देखि दुबैजना मेलेर बस्नथाले ।
Copyright © 2024 - Ekadesh Ko Katha. All Rights Reserved.